Hyppää sisältöön
Media

COVID-19 महामारी स्थिति सबैभन्दा गम्भीर भएका क्षेत्रहरूमा 9 मार्च मा बन्द गर्ने रेस्टुरेन्टहरू

10.3.2021 18.18
Tiedote

Tiedote 8.3.2021 Ravintolat sulkeutuvat asiakkailta 9. maaliskuuta maakunnissa, joissa epidemiatilanne on vakavin, nepali

रेस्टुरेन्ट तथा अन्य खाद्य एवम् पेय सेवा व्यवसायह मार्च 9, 2021 देखि ग्राहकहरूको लागि बन्द हुनुपर्छ। यस ऐन तथा यस सम्बन्धित आदेश सोमबार 8 मार्च र मंगलबार 9 मार्च बीचको मध्यरातमा लागू हुनेछ। यो महामारीको बढ्दो गति रोक्न आवश्यक पर्ने क्षेत्रमा मार्च 28, 2021सम्म रेस्टुरेन्ट ग्राहकहरूको लागि बन्द हुनेछ। यसमा कोरोनाभाइरस महामारी बढ्दो गति वा समुदायिक प्रसारण चरण तथा सेन्ट्रल फिनल्याण्ड (Central Finland) मा रहेका क्षेत्रहरू पर्छन् किनभने त्यहाँ महामारी विज्ञान संकेतकहरू बढ्दो गतिको चरणमा भएका क्षेत्र झैं समान छन्। जे होस्, रेस्टुरेन्टहरूले अझै पनि प्याक गरेको वा डेलिभरीको लागि खाना बेच्न सक्छन्।

मार्च 8, 2021 मा, संसदले अनुमोदन गर्यो तथा गणतन्त्रका राष्ट्रपतिले एउटा ऐनको पुष्टि गरे, जसले अस्थायी रूपले ग्राहकहरूको लागि रेस्टुरेन्ट तथा अन्य खाद्य एवम् पेय सेवा व्यवसायहरू बन्द गर्नेछ।
सरकारले सोही दिन बन्दले प्रभावित क्षेत्रहरूमा एक आदेश जारी गर्यो। यो निर्णय फिनिश इन्स्टिच्यूट फर हेल्थ एण्ड वेलफेयर (Finnish Institute for Health and Welfare) को विशेषज्ञहरूको विचारको आधारमा क्षेत्रमा महामारी स्थितिमा आधारित थियो।

निम्न क्षेत्रहरूमा रेस्टुरेन्टहरू ग्राहकहरूको लागि बन्द हुनुपर्छ:

  • उसीमा (Uusimaa)
  • दक्षिण पश्चिम फिनल्याण्ड (Southwest Finland)
  • सतकुन्ता (Satakunta)
  • कान्ता-हामे (Kanta-Häme)
  • पिरकन्मा (Pirkanmaa)
  • पाइजात-हामे (Päijät-Häme)
  • क्यामेनलाक्सो (Kymenlaakso)
  • दक्षिण करेलीया (South Karelia)
  • दक्षिण सावो (South Savo)
  • सेन्ट्रल फिनल्याण्ड (Central Finland)
  • दक्षिण ओस्ट्रोबोथोनिया (South Ostrobothnia)
  • ओस्ट्रोबोथोनिया (Ostrobothnia)
  • उत्तरी ओस्ट्रोबोथोनिया (Northern Ostrobothnia)
  • लैपल्याण्ड (Lapland)
  • एल्याण्ड (Åland)

निम्न क्षेत्रहरूलाई बन्द हुनबाट बाहिर राखिएको छ:
दक्षिण करेलिया ((North Karelia), सेन्ट्रल ओस्ट्रोबोथोनिया (Central Ostrobothnia), क्यानु (Kainuu) तथा उत्तरी सावो (North Savo)।

सरकारले यदि कुनै क्षेत्रमा कुनै बन्देज आवश्यक नभए जुन, यदि कुनै क्षेत्र अब बढ्दो गति वा सामुदायिक प्रसारणको चरणमा नभएमा आदेशलाई संशोधन गर्नेछ। सरकारले अब स्थिर स्तरले कुनै एक क्षेत्रमा महामारीको गति बढेमा आदेशलाई संशोधन पनि गर्नेछ। 

आवश्यकता र निर्णयको मूल्याङ्कन फिनिश इन्स्टिच्यूट फर हेल्थ एण्ड वेलफेयर (Finnish Institute for Health and Welfare) को विशेषज्ञ मूल्याङ्कनमा आधारित छ।

महामारीको आधारभूत रेखा, द्रूत तथा सामुदायिक प्रसारको चरणहरूमा क्षेत्रका वर्गीकरण COVID-19 व्यवस्थापन गर्न हाइब्रिड रणनीति कार्यान्वयनको लागि सामाजिक तथा स्वास्थ्य मन्त्रालयको कार्ययोजनामा आधारित छ।

स्टाफ रेष्टुरेन्टका अपवाद सहित सबै खाद्य तथा पेय सेवा सम्बन्धी व्यवसायहरूलाई प्रभावित गर्नको लागि बन्द हुन्छ

बन्द गरिने खाद्य तथा पेय सेवा सम्बन्धी व्यवसायहरू क्याफे, रेस्टुरेन्ट, बार एवम् रात्री क्लबहरू छन् जुन सार्वजनिक रूपले खुला छन्। प्रतिबन्धले बाहिरी क्षतहरूलाई पनि असर गर्छ।

जनताको लागि रूपले नखोलिएका रेस्टुरेन्टहरू मात्र बन्द गर्न छूट छन्। त्यसैले यसले वृद्ध व्यक्तिको लागि आवासीय घरहरूमा क्यान्टिनलाई प्रभावित गर्दैन वा स्टाफ रेस्टुरेन्टहरू अन्य ग्राहकका लागि खुला छैनन्, उदाहरणको लागि।

बन्दको समयमा, रेस्टुरेन्ट तथा क्याफेहरू ग्राहकहरूमा सिधै अझै लिन वा तिनीहरूलाई या त आफैं डेलिवर गर्न वा अन्य सेवा प्रदायकहरूको प्रयोग गर्न अनुमति दिइनेछ।

बन्दबाट क्षेत्रमा प्रभावित छैन, ग्राहकहरूको लागि खाद्य तथा पेय सेवा व्यवसायहरू खुला रहन सक्छ। खुला व्यवसायहरूले अझै पनि सर्ने रोग ऐन तथा यस अन्तर्गत जारी नियमहरूमा निर्धारित प्रतिबन्धहरूको पालना गर्नुपर्छ।

तात्कालिक रूपले, आर्थिक तथा रोजगार मन्त्रालयले बन्दले प्रभावित व्यवसायको उचित क्षतिपूर्तीको लागि सहायता मोडेल तयार पार्दैछ। यो सहायतालाई व्यावसायिक खर्च समर्थन गर्ने एक हिस्साको रूपमा लागू गरिनेछ। मार्चको समयमा, सरकारले बन्दले हुने व्यावसायिक खर्चको लागि समर्थन गर्ने ऐनमा संशोधन गर्न अलग प्रस्ताव जारी गर्नेछ।

सोधपुछ गर्नुहोस्:
लीसा हुहताला, वरिष्ठ मन्त्री सल्लाहकार, आर्थिक तथा रोजगार मन्त्रालय, टेलि.
+358 29 504 7062
एन्टी नीमाला, महानिर्देशक, आर्थिक तथा रोजगार मन्त्रालय, टेलि.
+358 29 504 7039 
मिको हुसकोनेन, वरिष्ठ मन्त्री सल्लाहकार, आर्थिक तथा रोजगार मन्त्रालय, टेलि.
+358 29 506 3732 (व्यावसायिक खर्चको समर्थनमा प्रश्नहरू)

रेस्टुरेन्ट बन्द हुनुमा प्रश्न तथा जबाफहरू

एक संक्रमणीय रोगको फैलावट रोक्न खाद्य तथा पेय सेवा व्यवसायहरूलाई अस्थायी रूपले बन्द गर्न सरकारको आदेश। 
 

Tiedote
Sivun alkuun