Hyppää sisältöön
Media

फिनल्याण्डका रेस्टुरेन्टहरू सोमबार 19 अप्रिलदेखि प्रतिबन्धहरूको साथमा ग्राहकहरूका लागि खुला हुन सक्छन्

19.4.2021 15.45
Tiedote

Tiedote 15.4.2021 Ravintolat voivat olla auki asiakkaille rajoituksin koko maassa maanantaista 19.4. alkaen, nepaliksi

प्रेस विज्ञप्ति, 15 अप्रिल, 2021

रेस्टुरेन्ट र अन्य खाद्य तथा पेय पदार्थ सेवाका व्यवसायहरू कोभिड-19 को महामारीलाई फैलनबाट रोक्न आवश्यक हुने क्षेत्रहरूमा आइतबार 18 अप्रिल 2021 सम्म ग्राहकहरूका लागि बन्द रहनुपर्छ। उत्तरी सावो (North Savo) मा महामारीको अवस्था सुध्रिएको कारणले बन्द शुक्रबार 16 अप्रिल 2021 मा समाप्त हुनेछ। 

रेस्टुरेन्टहरू सोमबार 19 अप्रिल 2021 देखि फिनल्याण्डभरी ग्राहकहरूलाई खुला हुन सक्छन्। यद्यपि, उहाँहरूले खुला रहने समय, अनुमति दिने समय, ग्राहकहरूको सङ्ख्या, ग्राहकहरूद्वारा गरिने परिसरहरूको प्रयोग र परिसरहरूमा ग्राहकहरूको गतिविधिमा अस्थायी प्रतिबन्धहरूको अवलोकन गर्नुपर्छ।

महामारीको अवस्था एकदमै गम्भीर हुने क्षेत्रहरूमा बलपूर्व बन्द गर्ने

रेस्टुरेन्ट र अन्य खाद्य तथा पेय पदार्थ सेवा व्यवसायहरूको बन्दका प्रावधानहरूलाई आवास र क्याटरिङ सञ्चालनहरूको ऐनमा राखिन्छ। ऐन अन्तर्गत, सरकारले दिइएको क्षेत्रमा बन्द अब उपरान्त आवश्यक हुँदैन भने बन्द लागू हुने क्षेत्रहरूमा विधान संशोधन हुनुपर्छ।

फिनिश स्वास्थ्य तथा कल्याण संस्थाले बुधबार 14 अप्रिल, 2021 मा क्षेत्रहरूमा महामारीको आफ्नो नविनतम मूल्याङ्कन जारी गरेको छ। मूल्याङ्कनमा आधारित रहेर, बन्द अब उपरान्त उत्तरी सावो (North Savo) मा आवश्यक हुँदैन। यस कारणले, सरकारले बिहीबार 15 अप्रिल 2021 मा बन्द लागू हुने क्षेत्रहरूमा विधान संशोधन गर्यो।

रेस्टुरेन्टहरू आइतबार 18 अप्रिल 2021 सम्म निम्न क्षेत्रहरूमा ग्राहकहरूलाई बन्द हुनुपर्छ

  • उसिमा (Uusimaa)
  • दक्षिण पश्चिम फिनल्याण्ड (Southwest Finland)
  • सतकुन्ता (Satakunta)
  • कान्ता-हामे (Kanta-Häme)
  • पिरकन्मा (Pirkanmaa)
  • पाइजात-हामे (Päijät-Häme)
  • क्यामेनलाक्सो (Kymenlaakso)
  • दक्षिण करेलीया (South Karelia)
  • दक्षिण सावो (South Savo)
  • उत्तरी करेलीया (North Karelia)
  • सेन्ट्रल फिनल्याण्ड (Central Finland)
  • ओस्ट्रोबोथोनिया (Ostrobothnia)

निम्न क्षेत्रहरू बन्द आवश्यकता अन्तर्गत पर्दैनन्: एल्याण्ड (Åland), दक्षिण ओस्ट्रोबोथोनिया (South Ostrobothnia), काइनु (Kainuu), केन्द्रिय ओस्ट्रोबोथोनिया (Central Ostrobothnia), ल्यापल्याण्ड (Lapland), (उत्तर ओस्ट्रोबोथोनिया (North Ostrobothnia) र उत्तरी सावो (North Savo)। यी क्षेत्रहरूमा रहेका रेस्टुरेन्टहरूले सरूवा रोगहरूको ऐन र यस अन्तर्गत जारी गरिएका नियमनहरूमा निर्धारित गरिएका प्रतिबन्धहरू अनुपालन गर्नुपर्छ।

खुला रहने समय, अनुमति दिने समय र ग्राहकहरूको सङ्ख्यामा प्रतिबन्धहरू

बन्द अन्त्य भएपछि, खाद्य तथा पेय पदार्थ सेवाका व्यवसायहरूका प्रतिबन्धहरू सरुवा रोगहरूको ऐनका प्रावधान र यस अन्तर्गत जारी गरिएको सरकारी विधानमा आधारित रहे जारी राखिनेछ। गणतन्त्रको राष्ट्रपतिले शुक्रबार 16 अप्रिल 2021 मा सरुवा रोगहरूको ऐनमा संसोधनहरू स्वीकार गर्ने अपेक्षा गरिएको छ। ऐनको स्वीकृतिलाई पछ्याउँदै, सरकारले शुक्रबारमा खाद्य तथा पेय प्रदार्थका सेवा व्यवसायहरूका प्रतिबन्धहरूमा थप विस्तृत प्रावधानहरू निर्धारित गर्दै विधान जारी गर्न सक्छन्। यी प्रतिबन्धहरू बन्द समाप्त हुँदा सोमबार 19 अप्रिल 2021 मा कार्यान्वयन हुनका लागि बाँकी छन्।

सामाजिक मामिला तथा स्वास्थ्य मन्त्रालयले शुक्रबार 16 अप्रिल 2021 मा रेस्टुरेन्टहरूका प्रतिबन्धहरू बारे थप जानकारी उपलब्ध गराउनेछ।

बन्द क्षतिपूर्तिका लागि आवेदनहरू 12 मे बाट स्वीकृत गर्ने

कानून वा अधिकारीको आदेशद्वारा बन्द गरिएका रेष्टुरेन्ट र अन्य कम्पनीहरू बन्द क्षतिपूर्तिका लागि हकदार हुन सक्छन्। यो नयाँ प्रकारको क्षतिपूर्ति अधिकतम 49 जना कर्मचारीलाई रोजगारमा लगाउने सानो र सूक्ष्म आकारको संस्थाहरूमा लागू हुन्छ।

बन्द क्षतिपूर्तिका लागि आवेदनहरू 12 मे 2021 देखि स्वीकार गरिनेछ। कम्पनीहरूले राज्य कोषमा क्षतिपूर्तिका लागि आवेदन दिन सक्छन्।

ठूला कम्पनीहरूका लागि बन्द क्षतिपूर्ति तयारी अन्तर्गत छ। आर्थिक मामिला तथा रोजगार मन्त्रालय ठूला कम्पनीहरूका लागि सर्तहरू र सहायताका अधिकतम मात्रा बारे यूरोपेली आयोगसँग हाल छलफल गरिरहेका छ।

सोधपुछहरू:
Liisa Huhtala, मन्त्रालयको वरिष्ठ परामर्शदाता, आर्थिक मामिला तथा रोजगार मन्त्रालय, टेलिफोन।  +358 29 504 7062, रेस्टुरेन्टहरूको बन्द
Ismo Tuominen, मन्त्रालयको वरिष्ठ परामर्शदाता, सामाजिक मामिला तथा स्वास्थ्य मन्त्रालय, [email protected], सरूवा रोगहरू ऐनमा आधारित प्रतिबन्धहरू 
Mikko Huuskonen, मन्त्रालयको वरिष्ठ परामर्शदाता, आर्थिक मामिला तथा रोजगार मन्त्रालय, टेलिफोन। +358 295 063 732, बन्दका क्षतिपूर्ति

रेस्टुरेन्ट बन्दको सम्बन्धमा प्रश्न र जवाफहरू 
क्षेत्र अनुसार रेस्टुरेन्टहरूका प्रतिबन्धहरू 
सरूवा रोगको फैलाव रोक्नका लागि खाद्य तथा पेय पदार्थ सेवा व्यवसायहरूको खुल्ने समय अस्थायी रूपमा प्रतिबन्ध लगाउनमा सरकारी विधानको सरकारी विधान संसोधन खण्ड 2 आर्थिक मामिला तथा रोजगार मन्त्रालयको वेबसाइट मा प्रकाशन गरिएको छ।

Tiedote
Sivun alkuun