Hyppää sisältöön
Media

व्यावसायिक खर्च सहायता तथा बन्दका क्षतिपूर्तिका लागी अप्रिल–मेमा आवेदन राउन्ड खोल्न 

13.4.2021 19.15
Tiedote

Tiedote 9.4.2021 Kustannustuen ja sulkemiskorvauksen haut aukeavat yrityksille huhti-toukokuussa, nepali

प्रेस विज्ञप्ति, 9 अप्रिल, 2021

व्यावसायिक खर्च सहायता ती कम्पनीहरूको लागि हो जसको कारोबारमा कोरोनाभाइरस महामारीको कारण कम्तीमा 30% ले कमी आएको छ। यसैबीच, बन्दका क्षतिपूर्ति साना तथा लघुवित्त कम्पनीको लागि हो जहाँ प्राधिकरणले कानून वा आदेशले ग्राहक आधिकारिक प्रस्ताव बन्द गरिएको छ। व्यापार लागत समर्थनको लागि तेस्रो आवेदन राउन्ड 27 अप्रिल 2021 मा र बन्दका क्षतिपूर्तिको लागि आवेदन राउन्ड 12 मे 2021 मा सुरु हुनेछ। कम्पनीहरूले राज्य कोषमा दुबै प्रकारको समर्थनको लागि आवेदन दिन सक्छन्। 

एकमात्र उद्यमी तथा साना कम्पनीलाई समर्थन प्रदान गर्ने अनुदानलाई थप लचिलो तुल्याउन तथा कोरोनाभाइरस महामारीका कारण बन्द भएका कम्पनीहरूलाई नयाँ प्रकारको सहायता, बन्दका क्षतिपूर्ति, निर्माण गर्न व्यावसायिक खर्चको लागि सहायतामा ऐन संशोधन गरिएको छ। ‍गणतन्त्रको राष्ट्रपतिले 9 अप्रिल 2021 को ऐम संशोधनलाई अनुमोदन गरे र यो ऐन 12 अप्रिल 2021 देखि लागू हुनेछ।

हामीले साना तथा ठूला दुबै कम्पनीहरूको वर्तमान आवश्कताहरू पूरा गर्न व्यापार खर्च सहायता अपडेट गरेका छौं। थप, महामारीको कारण अधिकारहरूद्वारा बन्द भएका साना कम्पनीहरूलाई लाभ एक नयाँ प्रकारको सहायताबाट हुनेछ। हामीले ठूला कम्पनीहरूको लागि बन्दका क्षतिपूर्ति र एक घटनाको ग्यारेन्टी पनि तयार गरेका छौं", आर्थिक मामिला मन्त्री मिका लिन्टाले बताउँछिन्।  

व्यावसायिक लागत समर्थनको दुई अघिल्ला राउन्डहरूको कारण राज्य कोषागारसँग पहिले नै सहायता प्रदान गर्ने अनुभव भइसहेको छ। ग्राहक प्रतिक्रियाको आधारमा हामी कार्यमा राम्रोसँग सफल भएका छौं। राजय कोषको बिमाको निर्देशक जिरी टपर भन्नुहुन्छ,” यही कारण हामी व्यापार खर्च सहायता तथा नयाँ बन्दका क्षतिपूर्तिको व्यवस्था गर्ने जिम्मा लिन पाउँदा खुसी छौं।

कारोबार घटेका कम्पनीहरूलाई व्यावसायिक खर्च सहायता 

व्यसायिक लागत समर्थनको तेस्रो चरण नियमअनुरुप 2019-2020 को अवधिको तुलनामा  1 नोभेम्वर 2020 देखि 28 फेब्रुअरी 2021 को बीच कोरोनाभाइरस महामारीको कारण कम्तिमा 30% ले गिरावट आएको कम्पनीका लागि लक्षित छ। 

सबै कम्पनीहरूले व्यावसायिक लागत समर्थनको लागि आवेदन दिन सक्छन्। अप्रिलमा, सरकारले थप औचित्य प्रदान नगरी समर्थनको लागि आवेदन गर्न सक्ने क्षेत्रहरूबारे उर्दी जारी गर्छ। यस अवधिमा कम्तिमा 10% ले कारोबारमा कमी आएको क्षेत्रहरू यसमा समावेश छन्। यदि कुनै कम्पनीले उर्दीमा परिभाषित क्षेत्रहरूमध्ये कुनै एकमा सञ्चालन गरेन भने, यसले महामारीले कसरी कारोबारमा गिरावट ल्याएको छ भनेर व्याख्या गर्नुपर्छ। 
 
व्यावसायिक खर्च सहायता कम्पनीको कडा लागत र पेरोल खर्चका लागि क्षतिपूर्ति हो तर यसले कारोबारमा गिरावटको क्षतुपूर्ति दिँदैन। ऐनले अहिले जटिल लागतहरू थप विस्तारमा परिभाषित गर्दछ। यदि कुनै ऐन वा आधिकारिक आदेशका कारण कोरोनाभाइरस विस्तार रोक्नको लागि आफ्नो आधिकारिक प्रस्ताव बन्द राख्नुपर्यो भने सरकारले कम्पनीहरूलाई क्षतुपूर्ति प्रदान गर्नेछ।

राज्यको राज्य कोषमा सहयताका लागि आवेदन दिन एकल उद्यमीहरू

तिनीहरूले यसको सर्तहरू पूरा गरेमा, व्यावसायिक लागत समर्थनमा कम्तीमा यूरो 2,000 कम्पनीहरूलाई भुक्तान गरिने छ। यसले विशेष रूपमा एकमात्र उद्यमीलाई सहायता गर्नेछ। सहायता राशि कम्पनीको कारोबार तथा वास्तविक खर्चमा कमीमा आधारित हुनेछ। 

व्यावसायिक लागत समर्थनको लागि योग्य हुन, कम्पनीसँग एक व्यावसायिक ID हुनुपर्छ। सहायता अवधिमा कम्पनीसँग कम्तिमा यूरो 2,000 को योग्य खर्च हुनुपर्छ। 

सहायताको अधिकतम रकम वृद्धि हुनेछ, जसले विशेष रूपमा ठूला कम्पनीहरूको आवश्यकताहरू पूरा गर्नेछ। कम्पनीले पाउन सक्ने सहायताको अधिकतम रकम यूरो 500,000 बाट 1 मिलियन सम्म वृद्धि हुनेछ।

महामारीको कारण रेस्टुरेन्ट तथा अन्य कम्पनीहरूलाई बन्दका क्षतिपूर्ति 

सरकारले कुनै पनि ऐेन वा आधिकारिक आदेशले गर्दा कोरोनाभाइरसको प्रसार रोक्नका लागि उनीहरूले आफ्नो आधिकारिक प्रस्ताव बन्द राख्नुपर्ने भएकोले कम्पनीहरूलाई क्षतिपूर्ति दिइनेछ भनी प्रस्ताव गर्दछ। क्षतिपूर्तिको यो नयाँ रुप साना तथा सूक्ष्म आकारका उद्यमहरूमा लागू हुन्छ जसले अधिकतम 49 कर्मचारीहरूलाई रोजगार दिन्छ। बन्द भएका कम्पनीहरूले व्यावसायिक लागत समर्थनको लागि आवेन दिन पनि सक्छन्।

ठूला कम्पनीहरूको लागि बन्दका क्षतिपूर्ति तयारी अन्तर्गत छ। आर्थिक मामिला तथा रोजगार मन्त्रालयले हाल युरोपेली आयोगसँग ठूलो कम्पनीको लागि शर्तहरू र अधिकतम समर्थनको बारेमा कुरा गरिरहेको छ। 

बन्द गर्ने क्षतिपूर्ति आवास तथा क्याटरिङ्ग संचालनको ऐन अन्तर्गत ग्राहकहरूलाई अस्थायी रुपमा बन्द गर्ने रेस्टुरेन्टहरू तथा अन्य खाद्य तथा पेय सेवा व्यवसायीहरूमा लागू हुन्छ। तथापि, टेकअवेको लागि खाना बेच्न सकिन्छ। क्षतिपूर्तिको रकम बन्दले असर पार्ने कम्पनीको व्यपारिक परिचालनको अंशमा आधारित हुनेछ।

क्षतिपूर्ति कम्पनीहरूलाई पनि भुक्तान गर्न सकिन्छ, जसलाई नगपालिका वा क्षेत्रीय राज्य प्रशासनिक निकायले सरुवा रोग ऐन अन्तर्गत बन्द गर्न आदेश दिएको छ। यस्ता प्रतिस्ठानहरूमा खेलकुद सुविधा, जिम, सार्वजनिक सौना, स्विमिंग पूल, स्पा र भित्री खेल मैदानहरू सामेल छन्।   

क्षतिपूर्ति फेब्रुअरी 2021 मा कम्पनीको खर्चमा आधारित छ 

कम्पनीहरूलाई उनीहरू बन्द रहने समयावधिको लागि क्षतिपूर्ति दिइनेछ। एउटा कम्पनीले आफ्नो आधिकारिक प्रस्तावमा ग्राहकहरूको संख्या प्रतिबन्धित गरे तर पूर्ण रूपले बन्द नगरिएमा यो क्षतिपूर्तिको हकदार हुँदैन। 

क्षतिपूर्ति रकम फेब्रुअरी 2021 मा कम्पनीको खर्च तथा कम्पनीको व्यवसाय परिचालनको त्यो अंशमा आधारित छ जुन बन्दले प्रभावित हुन्छ। क्षतिपूर्ति भाडा झैं पेरोल खर्चको 100% तथा अन्य खर्चहरूको 70% दिइनेछ। 

पहिले प्रदान गरिएका कोरोनाभाइरस सम्बन्धी सहायताको व्यावसायिक खर्च सहायता तथा बन्दका क्षतिपूर्ति रकममा ध्यान दिइनेछ। यूरोपीय संघको राज्य सहायता नियम अन्तर्गत, सहायताको अधिकतम रकम यूरो 1.8 मिलियन भन्दा बढी हुन सक्दैन। 

आवेदनहरूलाई व्यावसायिक खर्च सहायताका लागि 23 जुन, 2021 सम्म स्वीकृत गरिने छन्। कम्पनीहरूले क्यालेन्डर महिनाको अन्त्य पछि आधिकारिक प्रस्ताव बन्द गर्न आदेश समाप्त भए पछि चार महिना भित्र बन्दका क्षतिपूर्तिका लागि आवेदन दिनु पर्छ। 

व्यावसायिक खर्च सहायताका लागि पहिले आवेदनको चरण जुलाईदेखिअगस्ट 2020 मा भयो। दोस्रो चरण डिसेम्बर 2020 को सुरुमा तथा फ्रेबुअरी 2021 को अन्तमा भयो। कुल खर्च यूरो 356 मिलियन व्यावसायिक खर्च सहायता तथा बन्दका क्षतिपूर्तिको तेस्रो चरणको लागि आरक्षित गरिएको छ।  

सोधपुछ गर्नुहोस्:
जेनी हसु, आर्थिक मामिलाको विशेष सल्लाहकार, टेलिफोन +358 29 504 7213
मिको हुसकोनेन, वरिष्ठ मन्त्री सल्लाहकार, आर्थिक तथा रोजगार मन्त्रालय, टेलिफोन +358 29 506 3732
मैजा लानकविस्ट, प्रमुख विशेषज्ञ, आर्थिक मामिला तथा रोजगार मन्त्रालयको विशेष सल्लाहकार, टेलिफोन +358 50 331 3791

व्यावसायिक खर्चको लागि सहायतामा अधिनियम 
बन्दका क्षतिपूर्ति तथा व्यावसायिक खर्चको सहायतामा प्रश्न तथा उत्तरहरू 

कोरोनाभाइरस: व्यवसायको लागि मार्गदर्शन https://tem.fi/en/coronavirus/guidance-for-businesses
कोरोनाभाइरस महामारीको समयमा व्यावसायिक वित्त पोषणको सम्बन्धमा जानकारी 
राज्य कोष
राज्य कोष

Tiedote
Sivun alkuun