Hyppää sisältöön
Media

अप्रिल 18 सम्म फिनल्याण्ड (Finland) को अधिकांश ठाउँहरूमा रेस्टुरेन्टहरू ग्राहकका लागि बन्द रहनेछन् - किट्टिला (Kittilä) र उत्तर ओस्ट्रोबोथ्निया (North Ostrobothnia) मा अन्त हुन नजिक 

13.4.2021 19.06
Tiedote

Tiedote 8.4.2021 Ravintolat kiinni asiakkailta 18.4. asti suuressa osassa maata – sulku päättyy Kittilässä ja Pohjois-Pohjanmaalla, nepali.

प्रेस विज्ञप्ति, 8 अप्रिल, 2021

रेस्टुरेन्ट तथा अन्य खाद्यान्न र पेय सेवा व्यवसायहरू कोभिड-19 महामारीको प्रसारलाई रोक्न आवश्यक पर्ने क्षेत्रहरूमा अप्रिल 18, 2021 सम्ममा ग्राहकका लागि बन्द रहनुपर्छ। रेस्टुरेन्टहरू किट्टिला (Kittilä) र उत्तर ओस्ट्रोबोथोनिया (North Ostrobothnia) मा अप्रिल 9, 2021 सम्ममा ग्राहकका लागि खोल्न सकिने छ।

निम्न क्षेत्रहरूमा रेस्टुरेन्टहरू ग्राहकहरूको लागि बन्द हुनुपर्छ:

  • उसीमा (Uusimaa)
  • दक्षिण पश्चिम फिनल्याण्ड (Southwest Finland)
  • सतकुन्ता (Satakunta)
  • कान्ता-हामे (Kanta-Häme)
  • पिरकन्मा (Pirkanmaa)
  • पाइजात-हामे (Päijät-Häme)
  • क्यामेनलाक्सो (Kymenlaakso)
  • दक्षिण करेलीया (South Karelia)
  • दक्षिण सावो (South Savo)
  • उत्तरी सावो (North Savo)
  • उत्तरी केरेलिया (North Karelia)
  • सेन्ट्रल फिनल्याण्ड (Central Finland)
  • ओस्ट्रोबोथोनिया (Ostrobothnia)

निम्नलिखित क्षेत्रहरू बन्द गर्ने आवश्यकता अन्तर्गत पर्दैनन्: एल्याण्ड (Åland), दक्षिण ओस्ट्रोबोथोनिया (South Ostrobothnia), काइनु (Kainuu), केन्द्रिय ओस्ट्रोबोथोनिया (Central Ostrobothnia), ल्यापल्याण्ड (Lapland) र उत्तर ओस्ट्रोबोथोनिया । (North Ostrobothnia)।

सरकारले नियमित रूपले विभिन्न क्षेत्रमा महामारीको स्थितिको विकासको निरीक्षण गर्दछ। कानुनद्वारा, सरकारले निर्णयमा संशोधन गरी कुनै पनि क्षेत्रमा महामारी विज्ञानको स्थितिको विकास अनुसार बन्द गर्ने तथा बन्दको कडा प्रतिबन्ध गर्न आवश्यक छ। 

8 अप्रिल 2021 मा, सरकारले बन्दको आवश्यकता अन्तर्गत पर्ने क्षेत्रहरूको आदेशमा संशोधन गर्यो। आदेशमा संशोधन स्वास्थ्य अधिकारकर्मीका क्षेत्रहरूमा महामारीको अवस्थाको मूल्याङ्कनमा आधारित छ। स्वास्थ्य र कल्याणका लागि फिनिश इन्स्टिच्युट (Finnish Institute for Health and Welfare), THL ले 7 अप्रिल 2021 मा महामारीको स्थितिमा एक विज्ञप्ति जारी गर्यो।

बन्दको प्रभावहरू स्टाफ रेष्टुरेन्टका अपवाद सहित सबै खाद्य तथा पेय सेवा सम्बन्धी व्यवसायहरूमा हुन्छ

बन्द गरिने खाद्य तथा पेय सेवा सम्बन्धी व्यवसायहरू क्याफे, रेस्टुरेन्ट, बार एवम् रात्रि क्लबहरू छन् जुन सार्वजनिक रूपले खुला छन्। बन्द बाहिरी टेरेसहरूमा पनि लागू हुन्छ। जे होस्, रेस्टुरेन्ट र क्याफेहरूलाई टेकवेका लागि या सिधै ग्राहकलाई, वा डेलिभरीका लागि खाद्य तथा पेय पदार्थहरू बेच्न अनुमति दिइन्छ। रेस्टुरेन्टहरूले ग्राहकको घरमा वा अन्य सेवा प्रदायकहरूको प्रयोग गरेर डेलिभरीलाई व्यवस्थित गर्न सक्छन्।

रेष्टुरेन्टहरू बन्द गर्ने आदेश सर्वसाधारणका लागि खुला नहुने स्टाफ क्यान्टिनहरू लागू हुँदैन। वृद्ध व्यक्तिका लागि आवासीय घरहरूमा क्यान्टिनहरू, अस्पताल, ग्यारिसन, जेल, डेकेयर सेन्टर तथा स्कूलको साथै अन्य स्टाफ क्यान्टिनहरू सर्वसाधारणका लागि बन्द भएका खोलिन सक्छन्। जे होस्, तिनीहरूले अझै पनि कोभिड-19 ले गर्दा लगाइएको अन्य

प्रतिबन्धहरूको पालना गर्नै पर्दछ।

तयारी अन्तर्गत रेस्टुरेन्टका लागि सहायता योजना
आर्थिक तथा रोजगार मन्त्रालयले हालको बन्दको उपायहरूले प्रभावित व्यवसायको उचित क्षतिपूर्तीको लागि सहायता योजना तयार पार्दैछ जहाँ ग्राहकको आधिकारिक प्रस्तावलाई कानुन वा एक अधिकारको आदेशद्वारा बन्द गरिएको छ। हालै संसदले सरकारको प्रस्तावमा छलफल गरिरहेको छ। नयाँ बन्दको क्षतिपूर्ति 49 जना भन्दा अधिक व्यक्तिहरू काम नगर्ने साना तथा सूक्ष्म आकारका कम्पनीहरूमा लागू हुनेछ। ठूला कम्पनीका लागी सहायताको एक अलग रूप छिटै तयार हुनेछ।

बन्दको क्षतिपूर्तिका लागि आवेदनहरूलाई मेबाट नै स्वीकार गरिनेछ। कम्पनीहरूले राज्य कोषमा क्षतिपूर्तिका लागि आवेदन दिन सक्छ।

सोधपुछ गर्नुहोस्:
एन्टी नीमाला, महानिर्देशक, आर्थिक तथा रोजगार मन्त्रालय, टेलि. +358 29 504 7039
पिया रिकाला, रोजगार मन्त्रीको विशेष सल्लाहकार, टेलिफोन +358 50 396 3574
मिको हुसकोनेन, वरिष्ठ मन्त्री सल्लाहकार, आर्थिक तथा रोजगार मन्त्रालय, टेलिफोन +358 29 506 3732 बन्दको क्षतिपूर्तीमा प्रश्नहरू

एक संक्रमणीय रोग https://tem.fi/paatos?decisionId=0900908f8071edec को प्रसार रोक्न खाद्य तथा पेय सेवा व्यवसायका गतिविधिलाई अस्थायी रूपले प्रतिबन्धित गर्ने सरकारी आदेश (फिनिश (Finnish) तथा स्वीडिश (Swedish) मा मात्र)  
रेस्टुरेन्ट बन्द हुनुमा प्रश्न तथा जबाफहरू 

प्रतिबन्ध गरेका रेस्टुरेन्टको नक्शा 

Tiedote
Sivun alkuun